Rule 27B
विदेशी मुद्राको सटही सुविधा पाउने
(१) नियम २७क. को उपनियम (२) बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान स्वीकृतिपत्र पाएको व्यक्तिले त्यस्तो अध्ययनको लागि विदेशी मुद्राको सटही सुविधा लिन चाहेमा अनुसूची–६ बमोजिमको ढाँचामा शिक्षा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिव देखिएमा शिक्षा मन्त्रलायले निवेदकलाई विदेशी मुद्राको सटही सुविधाको लागि अनुसूची– ७ बमोजिमको ढा“चामा सम्बन्धित निकायमा सिफारिस गर्नेछ ।